
धादिङ । नेकपा एकीकृत समाजवादी धादिङका नेता युवा संघका सचिवालय सदस्य नीलकण्ठ १४ धुवाँकाेटका टीकाराम नेपाली जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् ।
अाफ्नै प्रेमिकाले हाेटलमा लगि याैन जन्य दुर्व्यवहार गरेकाे उजुरी दिएपछि पक्राउ गरीएकाे प्रहरी बृत्त, सोह्रखुट्टेका इन्स्पेक्टर अमृत बस्नेतले बताए ।
शुक्रबार उनलाई प्रहरीले ठमेलको होटल एक्सेसबाट पक्राउ गरेको हो । विहीबार राति उनी प्रेमिकासहित उक्त होटलमा पुगेका थिए । युवतीले आफूमाथि यौनजन्य दुव्र्यवहार भएको भनी प्रहरीमा उजुरी दिएपछि नेपाली पक्राउ परेका हुन् ।
जाहेरवाली युवती २० वर्षभन्दा माथिकी हुन् । पक्राउ परेका नेपाली एकीकृत समाजवादीको धादिङ जिल्ला कमिटीका सदस्य पनि हुन् भने एमालेमा रहँदा प्रदेश सांसद डा. रामकुमार अधिकारीकाे स्वकीय सचिव समेत रहेका थिए ।
