
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले आफ्नो पालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई आय आर्जन गर्न बाख्रा वितरण गरेको छ । ३ लाखको बाख्रा खरिद गरेर ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको मणि गुरुङले धादिङपोष्टलाई बताए ।
गुरुङका अनुसार अपाङ्गता भएका व्यक्तिहरुका लागि बाख्रा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया विवेकले अपाङ्गता भएका व्यक्तिहरुको वर्गिकरण अनुसार गाउँपालिकाले विशेष योजना बनाएर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । स्थानीय सरकार तपाईहरुकै साथमा छ, तपाईहरुको स्थानीय सरकार सँग के अपेक्षा छ भन्नोस् त्यो काम आजै देखि सुरु गर्दछौं ।, चिन्ता र भयमुक्त चिन्ता र भएरहित हुनुहोस् हामी तपाईहरुको साथमा छौं अधयक्ष विवेकले भने ।
