
धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका स्थित बोराङ गाउँ राप्रपा नेता बुद्धिमान तामाङको गाउँ हो । रुबीभ्याली गाउँपालिकाको चुनावमा नराम्रो सँग पराजित हुन पुगेको राप्रपालाई फेरि धक्का लागेको छ ।
बुद्धिमानको गाउँ बोराङबाट शनिबार मात्रै राप्रपा १५ जना भन्दा बढी राप्रपा नेताहरुलाई माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद जगत सिंखडाले पार्टी प्रवेश गरेको माओवादी धादिङले जनाएको छ ।
काठमाडौं भएको एक कार्यक्रमबाट माओवादी प्रवेस गर्नेहरुमा बोराङबाट समिर तामाङ, गोपीलाल तामाङ, ईबहादुर गुरुङ, डिलबहादुर तामाङ, गणेश तामाङ, रामबहादुर तामाङ लगायत रहेको रविराज तामाङले धादिङपोष्टलाई बताए ।

