माओवादी केन्द्रको केन्द्रीय सदस्यमा धादिङबाट ७ जना

Avatar photo
Dhadingpost
असार २०, २०७९

धादिङ । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्य, ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य र प्रदेशबाट आमन्ति ८ केन्द्रीय सदस्यको नाम टुंगो लगाउँदा धादिङबाट केन्द्रीय सदस्य हुनेको संख्या ७ पुगेको छ ।

माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंग्याएको जसमा धादिङबाट अनुशासन आयोगमा धादिङका मोहन कार्की परेका छन् ।

३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । भने ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ ।