
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ चाेतेशका काजी चेपाङको घरमा शनिबार साँझ आगलागी हुँदा परिवारमा रहेका ६ जना सदस्यहरु बिचल्लीमा परेको तिलकबहादुर चेपाङले धादिङपोष्टलाई बताए ।
मलेखुबाट १० घण्टाको दुरीमा रहेको चाेतेश गाउँका आगलागी पिडित काजी चेपाङको परिवार विचल्लीमा रहेकोले सहयोगको अपिल गरेको पिडित परिवारलाई उधृत गर्दै तिलकले जानकारी दिए । आगलागीबाट घर पूर्ण रुपमा जलेको छ ।
