राष्ट्रिपति रनिङ शिल्का लागि नीलकण्ठ नगरपालिकाबाट तोक्वान्दो तर्फ खेलाडी छनोट

Avatar photo
Dhadingpost
असार १९, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले यहि असार २० र २१ गते गर्न लागेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि धादिङको नीलकण्ठ नगरपालिकाले तेक्वान्दो तर्फ खेलाडी छनोट गरेको छ ।

नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार नीलकण्ठ नगरपालिकाबाट छात्राहरुमा ४२ केजी तर्फ स्वस्तिका लामा, ४४ केजी तर्फ आशिका तामाङ, ४६ केजी तर्फ शान्ति कुमाल छनोट भएका छन् । यस्तै छात्र तर्फ ४५ केजी तर्फ राजु तामाङ, ४८ केजी तर्फ सुमन घले र ५१ केजी तर्फ पावल तामाङ छनोट भएका छन् ।

स्थानीय तहबाट टनोट भएर आएका १८ वर्ष मुनिका खेलाडी सहभागि हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेष्टिक, कराँते, तेक्वान्दो, उसु, भलिबल र कबड्डी खेलहरु समावेश हुने छ । जिल्लाबाट छोट खेलाडी खेलाडीहरुले असार २५ गते काठमाडौंमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताए ।