
धादिङ । सरकारले हरेक पालिकामा एक नमुना विद्यालय सूचिकृत गर्ने नीति लिएपनि धादिङमा अहिले सम्म ११ वटा विद्यालयहरु मात्रै नमुना विद्यालयमा परेका छन् ।
विद्यालयहरुको क्षेमता सुधार गरि शैक्षिक रुपान्तरणको विद्यालय क्षेत्र विकास योजना लागुभएको ५ वर्ष पुरा हुँदै गर्दा धादिङमा ११ वटा विद्यालय मात्रै नमुनाको सूचिमा रहन सफल भएका छन् ।
धादिङका नमुना विद्यालयहरु
१. नीलकण्ठ माध्यामिक विद्यालय, नीलकण्ठ
२. चन्द्रोदय मावि विशालटार, बेनीघाट रोराङ
३. मण्डली मावि गंगाजमुना
४. रानीपौवा मावि सल्यानटार, त्रिपुरासुन्दरी
५. सत्यवती मावि आदमटार, सिद्धलेक
६. बागेश्वरी मावि गल्छी
७. आदर्श मावि गजुरी
८. कार्की गाउँ मावि त्रिपुरासुन्दरी
९. निरन्जना मावि मार्पाक, नेत्रावती डवजोङ
१०. जनजागृती मावि थाँक्रे
११. जनकल्याण मावि गल्छी
