
धादिङ । चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठलाई धादिङबेसीमा सम्मान गरिएको छ ।
राजदुत श्रेष्ठलाई धादिङबेसी स्थित जिल्ला समन्वय समितिको हलमा जिल्ला समन्वय प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका मेय भिम प्रसाद ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, एनजीओकर्मीहरुले संयुक्त रुपमा बधाई दिँदै सम्मान गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।
