
धादिङ । पोखरामा रहेका धादिङ्गेहरुको साझा संस्था धादिङ पोखरा सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १३३ जनाले रगत दान गरेका छन् ।
पोखरा स्थित सभा गृह चोकमा रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिला र ११६ जना पुरुष गरी १३३ जनाले ब्लड डोनेशन गरेको समाजका अध्यक्ष गोकर्ण लम्सालले बताए ।
धादिङ पोखरा सम्पर्क समाजको यो १९ औं पटकको रक्तदान कार्यक्रम हो ।

