
धादिङ । धादिङको उत्तरी क्षेत्र समेटिएको रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग भेट गरेका छन् । भेटमा अध्यक्ष प्रचण्डले आफु रुबीभ्याली आउन चाहेको बताएका थिए ।
रुबीभ्यालीको विकासका लागि केन्द्र र प्रदेश सरकारको जोड नपुगेको र केन्द्रीय राजधानी देखि नजिकको दुरीमा पर्ने पर्यटकिय गन्तव्य, महंगो रुबी, फलाम र जस्ता खानीको भण्डार भएको रुवीभ्यालीलाई ओझेलमा पारिएको गुनासो गरेका थिए । रुबीभ्यालीको समग्र विकासका लागि केन्द्र र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने अध्यक्ष तामाङले भेटमा प्रचण्ड सँग कुरा राखेका थिए ।
प्रचण्डले केन्द्र र प्रेदश सरकारको ध्यानाकर्षण आफु गराउने र स्थानीय सरकारको तर्फबाट तपाई लाग्नुस् भन्ने उत्तर दिएका थिए । अध्यक्ष तामाङले प्रचण्ड सँग नुवाकोटमा भेटघाट गरेका हुन् ।
