बेनीघाट रोराङद्वारा ३ जना क्रिकेट खेलाडीलाई नगद सहित सम्मान

Avatar photo
Dhadingpost
असार १५, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले बुधबार बेनीघाट रोराङबाट बागमती प्रदेश स्तरीय क्रिकेट खेल्ने ३ जना खेलाडीलाई जनही २५ हजार सहित सम्मान गरेको छ । सम्मानित हुनेमा श्याम त्रिपाठी, आशिष मिया, एन्जल सिलवाल छन् ।

धादिङको इतिहासमा पहिलो पटक प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा भाग लिँदै उप विजेता बनेको अवसरमा तात्कालिन पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बेनीघाटका ३ जना खेलाडी २५-२५ हजार र क्रिकेट संघ धादिङलाई ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए । उक्त घोषणालाई नव निर्वाचित पालिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले कार्यान्वयनमा ल्याउँदै खेलाडी र क्रिकेट संघ धादिङलाई नगद सहित सम्मान गरेका हुन् ।

गत चैत्रको पहिलो साता भएको बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रसुवालाई ५ ओभरमा अलआउट गर्दै अगाडी बढेको धादिङ क्रिकेट टिमले काठमाडौंलाई १९ ओभरमा पराजित गर्दै सेमिफाईनको यात्रा तय गरेको थियो । राष्ट्रिय टिमबाट खेलिसकेकाका पूर्व खेलाडी सुवास खकुरेल र अण्डर-१९ का राष्ट्रिय खेलाडी विवेक रानामगर संमिलित काभ्रेलाई धादिङले सेमिफाईलनमा १५५ रहनले पराजित गरे पनि फाईनलमा भने धादिङलाई सुखद हुन सकेन । मकवानपुर सँग फाईनल खेलेको धादिङले ३७ रनले पाजित हुँदै उपविजेतामा रोकिन पुगेको थियो । धादिङपोष्टका लागि तस्वीर सौजन्य अशोक श्रेष्ठ