
धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरीबजारमा रहेको मुनाल एकेडेमीका विद्यार्थीहरुले आज धान रोपेर १५ असार मनाएका छन् ।
प्रयोगात्मक शिक्षणलाई जोड दिँदै आएको दावी गर्ने मुनाल एकेडेमीले आज विद्यार्थीहरुलाई १५ असार र धान दिवसको महत्वलाई प्रयोगात्मक बनाउन धान रोप्न लगाएको प्रिन्सिपल रमेशकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।
स्कुल ड्रेस मै खेतमा पुगेका विद्यार्थीहरुले धान रोपेको फोटो शिक्षक नवराज दाहालले हामीलाई फोटोहरु उपलब्ध गराएका छन् ।





