धादिङबेसी स्थित पशुपति मन्दिर परिसरमा वृक्षारोपण

Avatar photo
Dhadingpost
असार १४, २०७९

धादिङ । धादिङबेसी सदरमुकाम स्थित नीलकण्ठ नगरपालिका १२ मा रहेको पशुपति मन्दिर परिसरमा वृक्षारोपण गरि राष्ट्रिय वृक्षारोपण दिवस २०७९ मनाईएको छ ।

पशुपती सामुदायिक वन क्षेत्रमा भएको उक्त वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, स्थानीयहरुको सहभागिता रहेको थियो ।