
धादिङ । धादिङबेसी स्थित सेनाको ब्यारेक परिसरमा विपदमा परेकाको कसरी उद्दार गर्ने भन्ने बारे नमुना अध्यास गरिएको छ ।
ब्यारेक परिसरको माथिल्लो भागमा ३ जना घाईतेहरु बचाउ बचाउ भन्दै लडि रहेका थिए, उनीहरुलाई पहिरोमा परेर घाईते भएको जनाईएको थियो । आफ्नो टोलमा पहिरोबाट स्थानीयहरु घाईते भएको जनप्रतिनीधिले प्रहरीलाई खवर गरेपछि सेनाको गाडी उद्दारकर्मी लिएर घटना स्थल पुग्छ ।
घटना स्थल कसरी पुग्ने, रगताम्मे भएर लडेका घाईतेहरुलाई कसरी डोरीको सहायतले उद्दार गर्ने भनेर सेना प्रहरी र रेडक्रसकर्मीहरुले प्रयोगात्मक अभ्यास गरेका थिए ।
घटना स्थलमा प्राथमिक उपचार, त्यसपछि उद्दार र विरामीको अवस्था वर्गिकरण गरि अस्पताल पुर्याउने प्रयोगात्मक अभ्यास गरिएको नेपाल रेडक्रमस सोसाईटी धादिङका सभापति नारायण तिमल्सिनाले बताए ।
