
धादिङ । गत बैशाख २३ र २४ गते हुने भनिएको तर विभिन्न कारणले गर्दा रोकिएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि असार २० गते बाट सुरु हुने जिल्ला खेलकुद विकास समिति धादिङ अध्यक्ष प्रतापसिंङ तामाङले बताएका छन् ।
एथ्लेष्टिक, कराँते, तेक्वान्दो, उसु, भलिबल र कबड्डी खेलहरु हुने उक्त प्रतियोगितामा पालिकाले छनोट गरि पठाएका खेलाडीहरुले भाग लिन पाउने अध्यक्ष तामाङले धादिङपोष्टलाई बताए ।
मौषमको प्रतिकुलता छ, तर यो आर्थिक वर्ष मै संचालन गर्न मन्त्रालयबाट पत्रचार भएकोले प्रतियोगिता आयोजना गरिएको बताउँदै अध्यक्ष तामाङले गाउँपालिकाहरुलाई पत्रचार गर्दै यस प्रतियोगिताको लागि खेलाडी पठाएर सहयोग गर्न समेत आग्रह गरेका छन् । अंक स्कोरको आधारमा प्रथम दितिय र तृतिय हुने टिमलाई नगद पुरस्कार समेत दिईने उनले बताए । (फाईल तस्वीरः यस अघि भएको ज्वालमुखी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हो)
