धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ११ को चरङ्गे खोलाको दोभानमा एक शव फेला परेको छ । हिलोमा घोप्टो परेको अवस्थामा रहेको उक्त शव प्रहरीले निकालेको छ, टाउकोमा चोट लागेको देखिने उक्त शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।