
धादिङ । मानसिक अवस्था ठीक नभएकी जस्तो देखिने धादिङ घर बताउने एक बेवारिसे सुत्केरी महिला बन्दीपुर अस्पतालमा रहेको समाचार प्रहरीलाई उदृतगर्दै धादिङपोष्टले समाचार प्रकाशित गरेपछि उनको ठेगाना खुलेको छ ।
बेनीघाट रोराङ गाउँपालिका स्थित मलेखु नीवासी दिलमाया वाईवा भन्ने सोममाया वाईवालाई लिन उनको श्रीमान बन्दीपुर अस्पताल जाने तयारीमा रहेको बताईएको छ । उनी १० महिना देखि वेपत्ता भएको बताईएको छ । दिलमाया वाईवाले मलेखुमा परियार सँग विहे गरेर आएकी हुन् घरमा उनको ४ वटा सन्तान छन् ।
असार ४ गते जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका ५ एम्पा वेवारिसे अवस्थामा भेटी अस्पतालमा ल्याईएको र हाल उनले छोरा जन्माएको आफन्त कोहि सम्पर्कमा न आएकोले चिन्नु हुने महानुभावले परिवारलाई खवर गरिदिन ईलाका प्रहरी कार्यालय बन्दीपुरले आग्रह गरेको थियो ।
