थाक्रेको गाउँ सभाद्वारा सहिद तथा, वेपत्ता परिवारलाई मासिक ७५०० दिने निर्णय

Avatar photo
Dhadingpost
असार ११, २०७९

धादिङ । धादिङको थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाले कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाको बजेट गाउँ सभामा पेस गरेका थिए उक्त वजेट सभाले सर्वसम्मत पास गरेको छ ।

वजेटमा आर्थिक विकास तर्फ ८ करोड १९ लाख ४० हजार बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ ३२ करोड २९ लाख ६० हजार बजेट विनियोजन गरेको छ । पृर्वाधार विकास तर्फ ३९ करोड ३६ लाख १६ हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै कार्यालय तथा प्रशासनिक तर्फ ९ करोड ५० लाख, अन्तरसम्बन्धित क्षेत्र तर्फ २ करोड ९२ लाख ९५ हजार बजेटमा समेटिएको छ ।

नीति तथा कार्यक्रममा समेटिए सँगै थाक्रेका शहिद, बेपत्ता परिवार, दन्द्व पिडित, घाईते तथा अपाङ्गहरूले जिवन निर्वाह भत्ता मासिक ७५०० दिने निर्णय समेत गाउँ सभाले निर्णय गरेको छ ।

थाक्रेमा माओवादी जनयुद्धको क्रममा अनिता सुवेदी, विन्दा सुवेदी, इश्वर बस्नेत, किशोर बस्नेत, कमल ढकाल, रमेश कार्की र किल सुवेदीले सहादत प्राप्त गरेका थिए भने इन्द्रबहादुर आचार्य, नवराज आचार्य, हरिशरण थापा, श्याम रुपाखेती दिपक सुवेदी र गोपाल मिजार वेपत्ता छन् ।