ज्वालामुखीको बजेट असार १७ गते सार्वजनिक हुने

Avatar photo
Dhadingpost
असार ११, २०७९

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले शुक्रबार सार्वजनिक भएका नीति तथा कार्यक्रम गाउँ सभाबाट सर्वसम्मतले पारित भएको छ भने आगामी आर्थिक वर्ष २०७९र८० को बजेट १७ गते सार्वजानिक गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष यमनाथ दनैद्वारा प्रस्तुत निति तथा कार्यक्रममा कृषि तथा पशु, सहकारी नीति उद्यमशीलता प्रवद्र्धन, पर्यटन, सार्वजनिक निजी साझेदारी, सामाजिक विकास लगाएतका विकासलाई प्राथमिकतामा राखिने जनाईएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य तथा पोषण, महिला, बालबालिका, किशोर किशोरी, जेष्ठ नागरिक, अपांगता तथा समाजकल्याण, संस्कृति तथा सम्पदा, युवा तथा खेलकुद, सामाजिक विकास, सुरक्षा तथा संरक्षणका लागि वजेटको विशेष व्यवस्था गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।