रुबीभ्यालीले करार कर्मचारीको अवधि नथप्ने

Avatar photo
Dhadingpost
असार १०, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत ध्रुवकुमार राईले सूचना जारी गर्दै करारमा रहेका कर्मचारीको समयावधी थप नहुने बताएका छन् ।

करारमा रहेका कर्मचारीहरुको समयावधी असार मसान्तबाट सकिँदै छ । कार्यपालिकाको बैठले अब खुल्ला विज्ञापनद्वारा कर्मचारीको पदपुर्ति गर्ने निणय गरेकोले विज्ञापन मार्फच कर्मचारी नियुक्ती गरिन लागेको जनाएका छन् ।