जिसस धादिङको गेटमा १२ वर्ष देखि डोजर अलपत्र

Avatar photo
Dhadingpost
असार ९, २०७९

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका स्थित जोगिमारामा रहेको कृषि चुन उद्योगले २०६७ सालमा उपलव्ध गराएको डोजर १२ वर्ष देखि जिल्ला समन्वय समिति धादिङको गेट छेउमा अलपत्र अवस्थामा छ ।

चुन उद्योगले विदेशी अनुदानमा पाएको उक्त डोजर केहि वर्ष चलाएर ०६७ सालमा जिल्ला विकास समिति धादिङलाई हस्तान्तरण गरेको थियो । जोगिमाराबाट ल्याएपछि मर्मत गरी नलाङको ठाँटीभन्ज्याङ सडक खण्ड निमार्णका लागि पठाउँदा बीच बाटोमै विग्रिएपछि करिव १ वर्ष ससाह थन्किएको थियो । त्यसपछि जिल्ला विकास समितिको गेट छेउमा ल्याएर अलपत्र अवस्थामा राखिएको हो ।

जिल्ला विकास समितिको संरचना परिवर्तन भई जिल्ला समन्वय समितिको पहिलो ५ वर्ष कार्यकाल पनि उक्त भवन मै वितेर दोस्रो कार्यकाल सुरुभई सकेको छ । ०६७ साल देखि गेटमा अलपत्र अवस्थामा देखिने उक्त डोजर अन्यत्र सार्न, लिलामि वा कवाडीमा पठाउने कार्यमा कसैले ध्यान दिएको देखिँदैन ।

तात्कालिन बेलाका जिविसका प्राविधिक तुफेल खाँ पुरानो डोजर ल्याएका हौं काम गर्न नै नपाई विग्रियो उक्त डोजर भन्दा एड्भान्स खालका स्काभेटरहरु गाउँ गाउँमा ल्याईन थालियो त्यहि भएर मर्मतमा ध्यान नदिँदा अलपत्र अवस्थामा रहेको अहिले मर्मत गरेर पनि चल्ने अवस्थामा नरहेको उनी बताउँछन् ।