
धादिङ । धादिङको नेत्रावती डबजोङ गाँउपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
आज र भोली दुई दिन चल्ने नेत्रावती डब्जोङको ११ औं गाउँ सभाले पूर्वाधार तथा संरचना विकास, आर्थिक विकास, सामाजिक विकास, खानेपानी तथा सिंचाई, पर्यटन क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन, कृषि विकास तथा सहकारी, शिक्षा युवा तथा खेलकुदलाई प्रथामिकता दिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष मेघराज रिजालले जनताले अनुभुत गर्न सक्नेगरी जनमुखी, पारदर्शी र परिणाममुखी काम गरिने बताएका थिए । उनले गाउँपालिका भित्रका प्रत्येक वडामा कम्तीमा एक एक वटा गाउँपालिका स्तरीय गौरवका आयोजनाहरु संचालन गरिने, स्थानिय तहको केन्द्रदेखि प्रत्येक वडा कार्यालय सम्मको सडकको स्तरोन्नति गरी स्थानिय सडकहरु निर्माण गर्दा सडक छेउका नाला बनाउने र सबै सडक धुलो र हिलो मुक्त बनाई १२ महिना नै सहज रुपमा संचालनमा ल्याइने समेत बताए ।
नेत्रावती डबजोङ गाँउपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट भने असार १० गते अर्थात् भोलि सार्वजानिक सार्वजनिक हुने बताईएको छ ।
