धादिङकी समिक्षा अधिकारी प्रदेशको बक्तृत्व कलामा दाेस्राे भइन्

Avatar photo
Dhadingpost
असार ८, २०७९

धादिङ । बागमती प्रदेश सरकारको आयोजनामा आज भएको प्रदेश स्तरीय खुल्ला बक्तृत्वकला प्रतियोगितामा धादिङबाट प्रदेशका लागि छनौट नीलकण्ठ क्याम्पस धादिङकी विद्यार्थी समिक्षा अधिकारी दोस्रो हुन सफल भएकी छिन् । भक्तपुर जिल्लाबाट छनोट भएर आएका प्रवेश तिमल्सिना प्रदेश प्रथम बनेका थिए ।

जिल्ला स्तरीय प्रतियोगिता जित्दै यी दुई जना प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट भएका थिए । यो प्रतियोगिता बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषदले आयोजना गरेको हो ।

प्रदेश विजेता प्रथमले ३० हजार, दोस्रो २५ हजार, तृतिय २० हजार र सान्तोनाले १० हजार पुरस्कार बागमती प्रदेशका खेलकुद मन्त्री रत्न ढकालले प्रदान गरेका थिए ।