धादिङमा असार ११ गते रग्वी संघ गठन हुँदै

Avatar photo
Dhadingpost
असार ७, २०७९

धादिङ । नेपाल रग्बी संघले एसियन रग्बीको पूर्ण सदस्यता प्राप्त गरेको ५ वर्ष बिति सकेको छ भने अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पनि नेपाली खेलाडीहरुले नियमित जसो भाग लिँदै आईरहेका छन् । राजधानी नजिक रहेर पनि धादिङमा रग्वी संघ गठन हुन सकेको थिएन ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले धादिङपोष्टलाई जनाए अनुसार यहि असार ११ गते थाक्रे गाउँपालिका स्थित सिम्लेमा रग्वी संघ धादिङ गठन हुन लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद् ३७ औँ नम्बरमा दर्ता भएको रग्बी संघ, एसिया रग्बीमा पूर्ण सदस्यता प्राप्त गर्ने १८ औँ राष्ट्र हो । रग्वी खेलको बारेमा खेल प्रशिक्षक विनोद तामाङ बताउँछन्, सामान्य फुटबल खेल्ने खेल मैदानमा बालक, युवा सवै उमेर समुहका महिला पुरुष दुवैले खेल्न सकिने खेल स्वास्थ्यको दृष्टिले पनि निक्कै फाईदाजनक रहेको छ ।

नेपाली खेलाडीले एसियन ट्रफि टुर्नामेन्टमा हरेक वर्ष सहभागिता जनाईरहेको छ । चेन्नई, बु्रनाई, लाओस, कतार लगायतका मुलुकमा भएको अन्तराष्टिय प्रतियोगितामा सहभागि भएका उनि भन्छन् नेपाली पुरुष खेलाडीको तुलनामा महिला प्रतियोगीको सम्भावना अझ राम्रो रहेको छ ।

रग्वी विभिन्न नियम अनुसार खेलीन्छ । टच ६, ६ जनाले खेलीन्छ भने सेभेन्थ ७, ७ जनाले, टेन्स १०, १० जनाले र फिप्टीन्स १५, १५ जनाले खेलीन्छ । स्कोर लाईनमा खेलाडीले हातबाट नफुुत्काई बल राखेपछि स्कोर गणना हुन्छ । टच १४ मिनेटमा खेलीन्छ भने अन्य खेल विभिन्न अवस्था अनुसार खेलीने प्रशिक्षक तथा खेलाडी तामाङ बताउँछन् ।