भलिबल संघ धादिङको अध्यक्षमा अमृत गुरुङ चयन

Avatar photo
Dhadingpost
असार ५, २०७९

धादिङ । जिल्ला भलिबल संघ धादिङको पाँचौं साधरणसभाबाट अध्यक्षमा सिद्धलेक गाउँपालिका २ का अमृत गुरुङ चयन भएका छन् । लामो समयदेखि निस्किृय रहेको यस संघको साधरणसभा शनिबार धादिङबेसीमा सम्पन्न भएको थियो ।

अन्य निवाचित हुनेमा महासचिवमा विकास कोईराला कोषाध्यक्षमा गंगा श्रेष्ठ, सदस्यहरुमा उत्तम भट्ट, अशोक थापा, प्रतिक्षा रानामगर र विष्णु श्रेष्ठ चयन भएका छन् ।

भलिबल संघ धादिङका अशोक थापाको सभातित्वमा भएको उक्त सधारणसभामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंङ तामाङको प्रमुख आतिथ्यता, भलिबल संघ केन्द्रीय सचिव मानवीर छन्त्याल, बागमती प्रदेशका अध्यक्ष माधव केसी, जिल्ला खेलकुद समितिका पूर्व अध्यक्ष रामकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।