
सन्जु श्रेष्ठ,
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले आफुले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आज सल्यानटार स्थित रानीपौवा आधारभुत स्वास्थ्य केन्द्रको नव निर्मित भवन उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष उप्रेतीले उक्त भनाई राखेका हुन् ।

पालिकामा रहेको अस्पताल र स्वास्थ केन्द्रमा स्वास्थ्यकर्मी अभाव हुन नदिने र जनतालाइ सर्वसुलभ उपचार गराउने प्रतिवद्धता जनाउँदै स्वास्थकर्मीहरुलार्इ हाँसेर सेवाग्रहीको सेवामा लाग्न समेत आग्रह गरेका थिए ।
३८ लाख ८६ हजारमा निमार्ण गरिएको उक्त भवन उद्घाटन कार्यक्रममा बिशेष अतिथि गाउपालिका उप-प्रमुख देवराज धरेल अतिथिहरु स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठ, सल्यानटार पीएचसीका प्रमुख मेडिकल अधिकृत डा. संजय बराल, कांग्रेस महासमिति सदस्य देवी पाण्डे बुर्लाकोटी, नेपाली कांग्रेसका नेता फणिकान्त छत्कुली, नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष हरि पन्त लगायतको आतिथ्यता रहेको थियो ।
