
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा हातले मखमलका जुत्ता चप्पल बनाउन सिकाईने तालिम जारी रहेको छ ।
गरिवी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्तरगत नगरपालिकाको आयोजनामा सुरुभएको उक्त तालिममा नीलकण्ठ ८ र ९ का महिलाहरु सहभागि छन् ।
जेष्ठ २६ देखि असार ४ गते सम्म चल्लने उक्त तालिममा सहभागिहरुले सिकेको आधारमा तयार भएका जुत्ता चम्पल आफ्नो सामाजिक संजानमा पोष्ट गर्दै वडा अध्यक्ष प्रकाश श्रेष्ठले मखमलका हातले बुनेका जुत्ता, चप्पलका लागि नीलकण्ठ ८ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
