धादिङबाट बागमती प्रदेश स्तरीय वक्तृत्वकलाको लागि रोशन र समिक्षा छनोट

Avatar photo
Dhadingpost
असार १, २०७९

धादिङ । बागमती प्रदेश सरकारको आयोजनामा हुन लागेको खुल्ला वक्तृत्वकला प्रतियोगितामा धादिङबाट रोशन कोईराला र समिक्षा अधिकारी छनोट भएका छन् ।

बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषदले आयोजना गरेको जिल्ला छनोट प्रतियोगितामा प्रथम हुने छात्रा तर्फ नीलकण्ठ क्याम्पस वि ए तेस्रो वर्षमा अध्ययनरत रोशन कोइराला र छात्रा तर्फबाट पनि नीलकण्ठ क्याम्पसबाटै BICTE प्रथम सेमेस्टरमा अध्यनरत समिक्षा अधिकारीले ३-३ हजार जितेका छन् ।

जिल्ला विजेता भए सँगै अब उनीहरुले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने भएका छन् । प्रदेश विजेता प्रथमले ३० हजार, दोस्रो २५ हजार, तृतिय २० हजार र सान्तोनाले १० हजार पुरस्कार पाउने छन् । प्रदेश स्तरीय प्रतियोगिता असार ४ गते हेटौंडामा हुने छ ।