धादिङका मनिष प्रजा, चेपाङ समुदायकै पहिलो सिभिल इन्जिनियर

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७९

धादिङ । धादिङ बेनिघाट रोराङ–३, रिचोकटार निवासी मनिश प्रजा चेपाङ समुदायकै पहिलो सिभिल इन्जिनियर बन्न सफल भएका छन् उनले एडभान्स इन्जिनियरिङ कलेज कुपन्डोल, ललितपुरबाट प्रजाले सिभिल इन्जिनियर पास गरेका हुन् ।

नेपाल चेपाङ संघ शिक्षा विभागको संयोजन तिलक चेपाङ सुपुत्र मनिश प्रजाले प्रवेशिका परीक्षामा ८७ प्रतिशत कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अंक प्राप्त गरेका थिए ।

सिभिल ईन्जिनियर वनेर ग्रामीण सडक, पुल , हाइड्रोपावरमा , सुरुङ सडक मार्गमा सेवा गर्ने मेरो सानै देखिको रहर हो । अब लोक सेवा आयोग लडेर पहिलो चेपाङ सचिव हुँदै मुख्य सचिव सम्म वन्ने सपना रहेको मनिष बताउँछन् ।