
धादिङ । गतिविधिका हिसावले अर्चचेत कोमामा रहेको जिल्ला भलिबल संघ धादिङको अधिवेशन असार ४ गते धादिङबेसीमा हुने भएको छ । ग्रामिण देखि शहरी क्षेत्रमा उत्तिकै खेलिने भलिबल खेल संघ निस्कृय बन्दा खेलाडीहरु अन्यायमा परेका थिए ।
नेपाल भलिबल संघले जिल्ला अधिबेशन असार ७ गते भित्र गरि सक्ने पत्रचार गरेपछि जिल्लामा कुनैपनि भलिबल गतिविधि गर्न नसेको जिल्ला भलिबल संघका अध्यक्ष अशोक थापा जिल्ला अधिवेशन गर्न तयार भएका हुन् ।
असार ४ गते हुने अधिवेशनमा १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव र १ कोषाध्यक्ष र ५० प्रतिसद सदस्यहरु जिल्ला सभाद्वारा निर्वाचित हुने नेपाल भलिबल संघको विधानले व्यवस्था गरेको छ ।
