
धादिङ । धादिङको नमुना विद्यालय मध्य पर्ने बेनीघाट रोराङको विशालटार स्थित चन्द्रोदय माविले टोलटोलमा आमा समुह गठनको अभियान सुरु गरेको छ । १०-१२ वटा आमा समुह बनाई सक्यौं, यो अभियान जारी रहेको शिक्षक सुजनकुमार भट्टराईले बताए ।
सरकारको पढ्दै कमाउदै कार्यक्रम लागु भएको यस विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । गुणस्तरीय शिक्षा र विद्यालय र अभिभावको सुदृढ सम्बन्धमा आमा समुहको अहम भुमिका हुने हुँदा टोल टोलमा आमा समुह गठन अभियान सुरु गरिएको उनले बताए ।
शिक्षक भट्टराईका अनुसार हरेक महिनामा आमा समुहको बैठक हुन्छ, अनि आफ्नो बालबालिकाहरुले के कस्तो गर्दैछ्न् विद्यालयलाई के सुझाव दिनु पर्छ त्यो तय हुन्छ र आमा समुहको सयोजक विद्यालयमा आएर समुहको धारणा राख्छन् त्यहि अनुसार विद्यालयले शिक्षणमा सुधार ल्याउने छ ।

४ वटा स्कुल बस रहेको यस विद्यालयमा प्राविधिक धार बाली विज्ञानको पढाई हुन्छ । १ देखि ५ सम्म पुरै अंग्रेजी माध्यम र ६ देखि माथी दुबै अंग्रेजी र नेपाली दुबै माध्यामबाट पठन पाठन गर्दै आएको छ भने यो वर्ष देखि सरकारको एक विद्यालय एक रोजगार कार्यक्रम पनि पारेको छ ।
