जिसस धादिङका जनप्रतिनीधिद्वारा सपथ ग्रहण, आजै पदभार ग्रहण गर्ने

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७९

धादिङ । जिल्ला समन्वय समिति धादिङका निर्वाचित जनप्रतिनीधिहरुले सपथ ग्रहण गरेका छन् । जिससमा निर्वाचित सबै जनप्रतिनीधिहरुले सपथ लिएका छन् भने पदभार ग्रहण पनि आजै गर्ने बताईएको छ ।

प्रतिस्पर्धी अन्य उम्मेदवारहरुको उम्मेदवारी नपरेपछि गठबन्धनबाट साझा उम्मेदवारी दिएका माओवादी केन्द्रका नवराज अधिकारी प्रमुखमा, एकीकृत समाजवादीबाट कुलमान विश्वकर्मा र कांग्रेसमाबाट ७ जना सदस्यहरु सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसीले मात्रै उम्मेदवारी दिएपछि सबै जना निर्विरोध निर्वाचित भएका थिए ।