थाक्रेमा अखिल ट्रेड युनियन महासंघ गठन, अध्यक्षमा भरत थापा चयन

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७९

धादिङ । माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङले भरत थापाको अध्यक्षतामा थाक्रे गाउँपालिका इकाई गठन गरेको छ ।

भेलाले भरत थापाको अध्यक्षतामा १३ सदस्यीय इकाई कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेम बहादुर मगर, सचिवमा नवराज सेन्चुरी, कोषाध्यक्षमा टिका श्रेष्ठ चयन भएका छन् ।

भेलामा नेकपा माओवादी केन्द्र थाक्रे गाउँपालिका सचिव असोक अधिकारीको प्रमुख आतिथ्य, थाक्रे गाउँपालिका ६ का वडा अध्यक्ष हिरा बहादुर थापाको विशेष आतिथ्य, ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष शंकर तामाङ, उपाध्यक्ष प्रदिप भट्ट लगायतको आतिथ्य रहेको थियो ।