जिसस धादिङको सबै पदमा निर्विरोध, घोषणा २९ गते हुने

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७९

धादिङ । जिल्ला समन्वय समिति धादिङको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ । सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा उम्मेदवारी दिए भने एमाले उम्मेदवारी नदिएपछि सबै जना निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित घोषणा भने निर्वाचन कार्यलदयले मतदानको लागि तोकिएको जेष्ठ २९ गते नै गर्ने बताईएको छ ।

अध्यक्षमा माओवादी केन्द्रबाट नवराज अधिकारी, उपाध्यक्षमा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा र सदस्यहरुमा कांग्रेसबाट ७ जना सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसीले मात्रै उम्मेदवारी दिएपछि सबै जना निर्विरोध निर्वाचित भएका हुन् ।