
धादिङ । जिल्ला अस्पताल धादिङले स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुलाई आज बिहान एक समारोहका बीच सम्मान गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सुरुमै अस्पतालका अध्यक्ष धमलाले जनप्रतिनीधिहरुलाई बधाई दिँदै अस्पताल भिजिट गर्न अनुरोध गरेका थिए भने जिल्ला अस्पताललाई सहयोग गरिदिन समेत आग्रह गरेका थिए ।
प्रमुख अतिथि भिम प्रसाद ढुङ्गानाले जिल्ला अस्पतालाई गुणस्तीय र प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सर्वसाधरणको सहज पहुचहुने जिल्ला अस्पतलामा सेवा ग्राहीले चाहेको बेला डाक्टर सहितको सेवा दिन सक्नुपर्ने समेत उनले बताएका थिए ।
कार्यक्रममा निमित्त मेसु मधुकर दाहालले जिल्ला अस्पताल अभावमा गुज्रिरहेको र यस विसयमा स्थानीय सरकारबाट पनि सहयोगको अपेक्षा राखिएको बताएका थिए ।
