मैदी सातदोबाटोमा १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन बनाउन सुरु

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०७९

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मैदी स्थित सातदोबाटोमा १५ शैया रहने अस्पताल भवन निमार्णको शुभारम्भ भएको । भवनको शिलान्यास बुधबार गाउँपालिका अध्यक्ष यमनाथ दनैले गरेका हुन् ।

वडा अध्यक्ष राजु लोप्पाको अध्यक्षतामा भएको उक्त अस्पताल भवन शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा ज्वालामुखी गाउँपालिकाका निवर्तमान अध्यक्ष विनोद तिमल्सिना, उपाध्यक्ष धर्मराज अर्याल लगाएतको सहभागिता रहेको थियो ।

अस्पताल बने सँगै नलाङको केहि भुभाग, खरीको केहि भुभाग, गोरखाको केहि भुभाग र मैदी ढोलाका स्थानीयहरुलाई उपचारका लागि सहज हुने वडा अध्यक्ष राजु लोप्पाले धादिङपोष्टलाई बताए ।