स्वास्थ्य मन्त्रालयद्वारा सुत्केरीलाई ९८ दिन विदा दिन निर्देशन

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको सुस्केरी) विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार एक सूचना जारी गरी सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाले नियमअनुसार पाउनुपर्ने प्रसूति विदा नपाएको गुनासो आएको भन्दै ९८ दिन विदा दिन निर्देशन दिएको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ ।