धादिङको बेनीघाट रोराङमा करेन्ट लागेर एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७९

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ छापडाँडामा करेन्ट लागेर १९ वर्षीय ठाकुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा. प्र. ०३-००१ ख २११३ नम्बरको टिपरको बालुवा झार्न ढाला खोल्ने क्रममा विद्युतको तारमा टच भएर करेन्ट लाग्दा टिपरका सहचालक मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।