थाक्रे गाउँ कार्यपालिकामा माओवादीे ठुलो दल

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७९

धादिङ । धादिङको थाक्रे गाउँपालिकामा गठबन्धनका तर्फबाट उपाध्यक्ष बनेका माओवादी केन्द्रका जिन्दगी थापा सहित ९ जनाको कार्यापालिकामा उपस्थिति रहने भएको छ कार्यपालिकाको दलित एवम् अल्पसङ्ख्यक २ जना र महिला ४ जना चयनका लागि शनिबार चुनाव भएको थियो । यहि चुनावी परिणाम सँगै माओवादीका कार्यपालिकामा ठुलो दलको रुपमा देखिने भएको हो ।

गठबन्धनको २९ र एमालेको २८ मत रहेको कार्यपालिकाको चुनावमा महिला तर्फ माओवादीको हसिया हथौँडा चुनाव चिन्नबाट अमित कुमार घले, भुवलाल विश्वकर्मा, प्रमिला कुलु, सावित्री थापा र एकीकृत समाजवादीको कलम चुनाव चिन्नबाट राधिका सुनुवार , विष्णु माया थापा विजयी भएका छन ।

थाक्रेको कार्यपालिकामा एमालेको अध्यक्ष सहति ६ जना, माओबादीको उपाध्यक्ष सहित ९ जना, एकीकृत समाजवादीको ३ जना र कांग्रेसको १ जना गरि १९ जना रहनेछन् ।