धादिङका खेम पाठक एमालेको सहकारी विभागमा मनोनित

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७९

गगनसिंह बस्नेत
धादिङ ।
धादिङका खेम पाठक नेपालको सहकारी आन्दोलनका एक अगुवा हुन् । हाल सहकारी विकास बोर्डको सन्चालक समेत रहेका उनलाई नेकपा एमालेले आफ्नो सहकारी विभागमा मनोनित गरेको छ ।

२०४४ सालमा धादिङ जिल्ला चैनपुर गाविसको नेपाल कै कान्छो उमेरमा १८ वर्षमा प्रधानपन्च भएका पाठडक दुईपटक सोहि गाविस अध्यक्ष हुँदा जनताले धेरै रुचाएको जनप्रतिनीधि हुन् खेम पाठक ।

पछि उनी राजनीति काम र सामाजिक जिवनलाइ नै सँगै अगाडि लगेर सहकारी आन्दोलन होमिएका थिए करिब २५ वर्ष सहकारी आन्दोलन होमिएका पाठक नेपालका ७७ जिल्ला र २५ देशको भ्रमण समेत गरि सकेका छन् ।

साना किसान बैक नेपाल कृषि सहकारी संघका अध्यक्ष समेत रहेको पाठक नेकपा एमाले सहकारी विभागको सदस्य मनोनित भएको हुन् ।