असार ९ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७९

काठमाडौं । सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असार ९ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई चरणमा खोप लगाउने जानकारी जानकारी दिनुभयो ।

मन्त्री खतिवडाका अनुसार सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको गरी खोप अभियान सञ्चालन गरिने भएको हो ।बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

खोप सुरक्षित र प्रभावकारी भएकोले सबै अभिभावकलाई निर्धक भएर बालबालिकालाई खोप लगाउन मन्त्री खतिवडाले आग्रह गर्नुभयो ।बालबालिकाहरुलाई खोप लगाउन सरकारले विद्यालयमानै खोप केन्द्र तोकेको छ । यसको लागि संघदेखि स्थानिय तहसम्म खोप कार्यक्रम सञ्चालन गर्न युएस आइडिले सहयोग गरेको मन्त्री खतिवडाले बताउनुभयो ।

कोभ्याकस सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप आउने स्वास्थ्य सेवा विभागअन्तर्गतक आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिका लागि खोप दिने प्रक्रिया अगाडि बढेको थियो । नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म चार करोड ३४ लाख ४६ हजार ५०८ मात्रा खोप लगाएका छन् ।

जसमध्ये एक करोड ९० लाख २९ हजार ३३९ जनाले एकमात्रा र एक करोड ९९ लाख दुई हजार ५५ जनाले पूर्णमात्रा खोप लगाएका छन् । यसैगरी, ४५ लाख १५ हजार ११४ जनाले अतिरिक्तमात्र खोप लगाएका छन् । यसअघि सरकाले सरकारले १२ वर्षका नागरिकलाई निशुल्क खोप अभियान संचालन गर्दै आएको छ । पूर्ण खोप लगाएको तीन महिना पुगेकाहरुलाई अतिरिक्त मात्र खोप लगाउन सरकाले आग्रह गर्दै आएको छ।