नीलकण्ठमा बहुप्राविधिक शिक्षालय बनाउन उपमेयरको दौडधुप

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा यतिबेला नीलकण्ठ नगरपालिकामा बहुप्राविधिक शिक्षालय बनाउने अभियनाको दौडधुपमा छन् ।

नीलकण्ठ नगरकार्यपालिकाको पहिलो बैठकले बुहप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति गर्ने गरि उपमेयरलाई जिम्मा दिएको थियो । पहलो बैठकबाट आफूलाई मेयर भिमप्रसाद ढुङ्गाना सहित कार्यपालिका सदस्यहरुले महत्वपूर्ण जिम्मा दिनुभएको छ, यहि कामको लागि आज शिक्षा मन्त्री सँग भेटघाट गरिएको उपमेयर विश्वकर्माले धादिङपोष्टलाई बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री कल्पना धमला र एकीकृत एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी समेतको सहभागितामा शिक्षा मन्त्रालय पुगेका उपमेयर विश्वकर्माले बहुप्राविधिक शिक्षालय स्थापनाको लागि बजेट विनियोजनको लागि अनुरोध गरेका थिए । माओवादी केन्द्रका नेता समेत रहेको शिक्षामन्त्री देवेन्द्र पौडेलले आफू सकारात्मक रहेको र प्रक्रियामा ल्यैजाने बताएका थिए ।