रिबाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्दार

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७९

धादिङ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आज धादिङको गंगजमुना गाउँपालिका रिबाट स्थानीय स्वास्थ्य संस्थामा प्रसूति गराउन जटिल देखिए सँगै हेलिकप्टरबाट उद्दार गरिएको छ ।

प्रसूति व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएका उत्तरी धादिङका गर्भवती महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट नि:शुल्क काठमाडौं स्थित प्रसूतिगृह लाने गरिएको छ आज पनि यहि कार्यक्रम अन्तरगत सुरक्षित प्रसूतिका लागि काठमाडौं लगिएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताए ।