त्रिपुरासुन्दरीमा माओवादी र एमालेको यसरी बनेको थियो समिकरण

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७९

धादिङ । सत्तारुढ दलहरुले पालिकामा साझा उम्मेदवार बनाएर चुनाव लडे, कार्यपालिकामा र समन्वयमा पनि साझा उम्मेदवार बनाउन केन्द्रले दवाव दिएको थियो तर धादिङका केहि पालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन भत्किएको छ ।

आफ्नो पक्षमा बहुमत ल्याउने नाउँमा गठबन्धन भत्काउन गजुरी, सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकामा सत्ता गठबन्धननै लागेपछि एमालेले फाईदा लिन पुगेको छ । गजुरीमा माओवादीलाई हराउँदै उपाध्यक्ष बहुमतमा हुन कांग्रेसले एमाले सँग मिल्दा माओवादीले पराजय भोग्नु पर्यो । सिद्धलेकमा उपाध्यक्ष बहुमत बनाउन एकीकृत समाजवादी एमाले सँग मिल्दा कांग्रेस र माओवादी दुबै पराजित बने भने त्रिपुरासुन्दरीमा कांग्रेस-माओवादीले एमालेको साथ खोज्दा कांग्रेस अल्पमतमा परेको छ ।

त्रिपुरासुन्दरीमा माओवादी र एमालेको समिकरण
त्रिपुरासुन्दरीको कार्यपालिका निर्वाचनको लागि १४ भोट भएको माओवादीले सुरुमा कांग्रेस सँग ४ सदस्य आफूलाई दिन र २ सदस्य लिन कांग्रेस सँग सर्त राख्यो । यो कुरामा सहमति बन्न नसक्दा कांग्रेस एमाले सँग छलफलमा पुग्यो १० भोट भएको एमालेको एउटा गुटले कांग्रेसलाई सहयोग गर्ने भएपछि माओवादीले फेरि कांग्रेसलाई ३/३ मा सहमति हुन आग्रह गरेको थियो ।

माओवादीको यो प्रस्ताव ढिला आएको र आफुले एमाले सँग सहमति गरि सेकेकोले एमालेलाई धोका दिन नसक्ने कांग्रेसले खवर पठायो । उपाध्यक्ष सहित १४ भोट भएको माओवादीले पनि एमालेको एउटा गुटलाई समाउन पुग्यो । अध्यक्ष सहित १३ भोट भएको कांग्रेस र माओवादी दुबैको सम्पर्कमा एमाले दुई सदस्य सहितको दावीका साथ अगाडी बढेको थियो । एमाले दुई गुटमा बाँडिएपछि बहुमतको निर्णय मान्नेगरि बैठकमा बसे । तत्पश्चात मतदानको दिन बिहिबार दिउँसो माओवादीलाई ४ सदस्य दिने र २ सदस्य एमालेले लिने भन्ने पक्षमा ६ मत देखिएपछि बहुमतको निर्णय अनुसार एमालेले माओवादीलाई सहयोग गरेको थियो ।

माओवादीको उपाध्यक्ष सहित कार्यपालिकामा एकल बहुमत, एमाले सहित १३ जना
कार्यपालिकाको निर्वाचन सकिए सँगै त्रिपुरासुन्दरीको कार्यपालिकामा माओवादी एक्लै ९ जना, एमालेबाट ४ र कांग्रेसबाट अध्यक्ष सहित २ रहने भएका छन् ।

बिहिबार भएको कार्यपालिकाको चुनावमा कस्ले कति कति मत ल्याए ?
दलित तथा अल्पसंख्याक (निर्वाचित हुने संख्या २)
१. एमालेबाट अर्जुन विशुङ्खे २७ मत प्राप्त
२. माओवादीबाट अनिता बिक २३ मत प्राप्त
३. कांग्रेसबाट नरे मगराती १३ मत प्राप्त
महिला तर्फ (निर्वाचित हुने संख्या ४)
१. एमालेबाट राममायाँ पन्थ, २९ मत प्राप्त
२. माओवादीबाट देवकी सिंखडा २३ मत प्राप्त
३. माओवादीबाट बुलु बसेल २४ मत प्राप्त
४. माओवादीबाट मन्जु नेपाली २४ मत प्राप्त
५. कांग्रेसबाट पार्वती कुमाल १४ मत प्राप्त
६. कांग्रेसबाट लक्ष्मी परियार छिनाल १३ मत प्राप्त
७. कांग्रेसबाट सन्तोषी भण्डारी खड्का १३ मत प्राप्त