नीलकण्ठ माविको ४८ औं वार्षिकी सम्पन्न

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७९

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नमुना विद्यालयको श्रेणीमा रहेको नीलकण्ठ माध्यामिक विद्यालयले बिहिबार विविध कार्यक्रमको आयोजना गरि ४८ औं वार्षिकी मनाएको छ ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षतमा भएको उक्त कार्यक्रमामा नव निर्वाचित स्थानीय तहका जनप्रतिनीधिहरुलाई सम्मान साथै मनोरन्जनातमक कार्यक्रममा साथमा वार्षिक उत्सव मनाईएको विद्यालयले जनाएको छ ।

नीजि विद्यालयहरुको बीचमा रहेको नीलकण्ठ माविमा २६ सयको हाराहारीमा विद्यार्थी रहेका छन् । अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुने हुँदा पनि नीलकण्ठ माध्यामिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको देखिन्छ । आधाभुत तह देखि नै कम्युटर शिक्षा, बिषय विज्ञ शिक्षक, कक्षा ९ देखि १२ सम्म प्राविधिक तर्फ civil engineering को कक्षा संचालन विद्यालय लाईबेरी, सुविधा सम्पन्न विज्ञान, computer प्रयोगशाला, विद्यालय नर्स नै नीलकण्ठको आकर्षण रहेको प्रधानाध्यापक ध्रुव अधिकारी बताउँछन् ।