रुबीभ्यालीको कार्यपालिका सदस्यको निर्वाचनमा सकियो, यस्तो आयो नतिजा

Avatar photo
Dhadingpost
जेष्ठ १८, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाको ६ जना कार्यपालिका सदस्यका लागि आज भएको निर्वाचनमा गठबन्धनले राप्रपालाई पराजित गरेका छन् भने दलित वा अल्पसंख्यमा गठबन्धन उम्मेदवारी धेरै पर्दा माओवादीका सुमन घले पराजित हुन पुगेका छन् ।

गठबन्धनको २१ र राप्रपाको १० मत रहेको कार्यपालिकाको चुनावमा महिला तर्फ कांग्रेसबाट रितु तामाङले सबैभन्दा धेरै ३१ मत ल्याई विजयी बनिन् । यस्तै महिला तर्फ घानमायाँ तामाङ एकीकृत समाजवादी १७ मत, धान मायाँ तामाङ माओवादी तर एकीकृत समाजवादीको चुनाव लिएर १७ मत, सार्की विक कांग्रस तर समावादीको चिन्ह लिएर २० मतका साथ विजयी बने ।

त्यसैगरी दलित एवम् अल्पसंख्यक तर्फ हिमाल घले एकीकृत समाजवादीबाट १७ मत र आईत घले कांग्रेसबाट १७ मत ल्याउँदै विजयी बने । रुबीभ्यालीको कार्यपालिकामा माओवादीको अध्यक्ष सहति २ जना, कांग्रेसको उपाध्यक्ष सहित ६ जना, एकीकृत समाजवादीको ४ जना, राप्रपा १ जना र समाजवादीको १ जना गरि १४ जना रहने छन् ।