
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा आज सम्पन्न कार्यपालिकाको चुनावमा एमाले र एकीकृत समाजवादीको गठबन्धनले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरेको छ । सत्ता गठबन्धनबाट गाउँपालिका उपाध्यक्ष जितेको एककिृत समाजवादी कार्यपालिकाका सदस्यको निर्वाचनमा एमाले सँग तालमेल गर्न पुगेपछि कांग्रेस र माओवादी केन्द्रले ६ जना नै सदस्य गुमाएको छ ।
६ जना कार्यपालिका सदस्यका लागि आज भएको चुनावमा ४ जना महिला तर्फ एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट जुना सार्की, भगवती तिवारी, लक्ष्मी थपलिया र प्रेमकुमारी थापामगर विजयी भए । सार्की, थपलिया, थापामगर एमालेबाट र तिवारी एकीकृत समाजवादीबाट विजयी भएका हुन् । विजयी सबैले २०/२० मत ल्याएका थिए भने पराजित हुने खिनमाँया श्रीमल कांग्रेस, राममाया परियार कांग्रेस, सुन्तली विक कांग्रेस र सुक्लाकुमारी आलेमगर माओवादीले १६/१६ मत मात्रै पाएका थिए ।
यस्तै दलित तथा अल्पसंख्याकमा एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट दुबै उम्मेदवार एकीकृत समाजवादीका श्याबहादुर घले र रस्मिता माझी विजयी भए घलेले २० मत र माझिले १९ मत ल्याएका थिए । भने पराजित माओवादीका मिना घले १६ मत, कांग्रेसका दिलबहादुर घलेले १७ मत पाएका थिए भने माओवादीका खिनबहादुर विुन्खेले शुन्य मै चित्त बुझाए ।
यस कार्यपालिकाको निर्वाचन सँगै कांग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पालिका अध्यक्ष बनेका कांग्रेस परशुराम खतिवडा अल्पमतमा परेका छन् । उनी सँग कांग्रेसको दुई वडा अध्यक्ष र माओवादीको दुई वडा अध्यक्ष सहित ५ जना कार्यपालिकामा देखिने छन् । यस्तै तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा विजयी सविता अर्याल सँग आफु समेत एकीकृत समाजवादीको ४ सदस्य र एमालेको ३ वडा अध्यक्ष र ३ आज निर्वाचित सदस्य गरी १० सहित बहुमत सदस्य रहने छन् ।
हामीले सामाजवादी सिद्धलेकका एक नेतालाई सत्ता गठबन्धन किन तोडेको भन्ने जिज्ञासा राख्दा उनले नाम सार्वजनिक नगर्ने सर्तमा भने हामी स्थानीय तहको निर्वाचनमा नै एमाले सँग तालमेल गर्न चाहेका थियौं हाम्रो माग पालिका उपाध्यक्ष सहित १ वडा अध्यक्ष दिनुपर्ने थियो पटक-पटक छलफल पनि भएको हो तर एमालेले दम्भ र घमण्ड देखाउँदै तिमीहरुको केहि धरातल छैन उपाध्यक्ष दिन सक्दैनौ भनेपछि छलफल अत्य भएको थियो । हामी आज पनि एमालेले दम्भ र घमण्ड त्याग्न तयार भए मिल्न सक्छौं, हाम्रो वर्गिय धरातल मिल्छ हिजो सँगै वर्षौ काम गरेका साथीहरु हौं । हिजो चुनाव अघि एमालेले देखाएको दम्भ चुनाव पछि त्यागे ६ सदस्यमा बराबर भाग लगाउन माने अनि कार्यपालिकामा सहमति गरेको उनले बताए ।
