ज्वालामुखी कार्यपालिकामा ६ सदस्य निर्विरोध, कांग्रेसको पकड यथावत

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७९

धादिङ । ज्वालामुखी गाउँपालिकाको कार्यपालिकामा ६ जना निर्विरोध भए सँगै कार्यपालिकामा कांग्रेसको १० जना, एकीकृत समाजवादीको २ जना, माओवादी केन्द्रको १ जना, एमालेको १ जना र स्वतन्त्रको १ जना रहने छन् । कार्यपालिका सदस्यमा कांग्रेसबाट ४ जना पम्फा दुवाडी, सिता गोरखाली, इन्द्रकुमारी झ्यारीमगर र कुमार विश्वकर्मा निविरोध भए सँगै कार्यपालिकामा पालिका अध्यक्ष सहित कांग्रेसको संख्या १० पुगेको हो ।

यस्तै सिता नेपाली निर्विरोध भए सँगै उपाध्यक्ष सहित एकीकृत समाजवादीबाट २ जना, एमालेबाट १ जना, स्वतन्त्रबाट १ जना र सुब्बा रम्तेल निर्विरोध भए सँगै माओवादी केन्द्रबाट १ जना कार्यपालिका सदस्यमा रहनेछन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनका साझा उम्मेदवार यमनाथ दनै विजयी भएका थिए । ८,०३४ मत ल्याउँदै अध्यक्षमा विजयी बनेका दनैको निकटतम प्रतिद्वन्दी एमालेका हरि राम लोहनीले ५,४९९ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्याल विजयी बने । ६,४४५ मत ल्याउँदै विजयी बनेका हुन्, उनको निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार चन्द्र कुमारी अधिकारीले ४,७७१ मत ल्याएकी थिईन् ।

विजयी वडा अध्यक्षहरु
ज्वालामुखी १ कृष्‍ण गिरी, एमाले
ज्वालामुखी २ राजु लोप्पा, कांग्रेस
ज्वालामुखी ३ उमेश श्रेष्‍ठ, कांग्रेस
ज्वालामुखी ४ कृष्ण बहादुर गुरुङ्ग स्वतन्त्र
ज्वालामुखी ५ टंक प्रसाद काप्री, कांग्रेस
ज्वालामुखी ६ किशोर सेढाई, कांग्रेस
ज्वालामुखी ७ ज्ञानेन्‍द्र प्रसाद खकुराल, कांग्रेस