
धादिङ । धादिङको गजुरी गाउँपालिकाको ६ जना कार्यपालिका सदस्यका लागि आज १० बजेबाट मतदान हुने बताईएको छ । पालिकाको चुनावमा माओवादी-कांग्रेसको गठबन्धन बने पनि कार्यपालिका सदस्यको चुनावमा गठबन्धन बन्न नसक्दा माओवादी, कांग्रेस र एमाले चुनावी प्रतिपर्धामा देखिएका छन् ।
दलित वा अल्पसङ्ख्यकबाट दुई जना र महिला ४ जना गरी ६ जना सदस्यका लागि हुने यस निर्वाचनमा माओवादी केन्द्रबाट ३ जना, कांग्रेसबाट ४ जना र एमालेबाट ३ जनाको उम्मेदवारी परेको छ । भने बागमती प्रदेशका मुख्यमन्त्री एवम् एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे गाउँ गजुरीमा एकीकृत समाजवादीले सदस्य समेत जित्न नसक्दा जनप्रतिनीधि विहिन बनेकोले यस चुनावमा देखिने छैन ।
गजुरी कार्यपालिकाको यस चुनावमा माओवादीको १८ भोट, कांग्रेसको १५ भोट र एमालेको ९ भोट रहेको छ ।
