
धादिङ । धादिङको नीलकण्ठ ३ र १२ का स्थानीयले थोपल खोलाबाट ढुङ्गा गीटी बालुवा उत्खनन रोक्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएका छन् ।
नदी जन्य पदार्थ उत्खननले गर्दा, खेती योग्य जमिन, कुलो नहर माव बस्तीको समेत जोखिम परेकोले तत्काल उत्खनन रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको सिव सापकोटाले धादिङपोष्टलाई बताए ।
उत्खननका कारण कुडुल्ले बस्ती, गौती फाँट, बैरेनी, शान्तीटार बस्ती, बेलटार, रातमाटे, र लामोसोतीमा ठुलो क्षेति पुगेको सापकोटाले बताए ।
